चलचित्रकर्मी बस्नेतलाई मातृशोक

काठमाडौं । निर्माता, निर्देशक विजय बस्नेतकी आमा तथा अभिनेत्री विमला केसीकी सासुआमा धनकुमारी बस्नेतको ९० वर्षको उमेरमा निधन भएको छ । साउन १६ गते र्कीतिपुर मोडल अस्पताल कीर्तिपुरमा धनकुमारीको निधन भएको अभिनेत्री विमलाले जानकारी दिइन् । शहीद, देवयानी, दलाल लगायतका चलचित्र निर्माण, निर्देशन तथा लेखन गरेका विजय दुई दशकदेखि नेपाली चलचित्रमा क्षेत्रमा क्रियाशील छन् ।

जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष मातृका पोखरेल र महासचिव सुर्वण हमालले शोक वक्तव्य जारी गर्दै धनकुमारी बस्नेतले सन्तान र समाजका लागि पु¥याएको योगदान र माया सधैं खट्किरहने जनाएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘आमालाई गुमाउनुपर्दाको यस दुःखद घडीमा बस्नेत र केसीको सम्पूर्ण परिवारजनमा यो शोकलाई शक्तिमा बद्लेर चलचित्र क्षेत्र र जनसांस्कृतिक आन्दोलनलाई थप उचाईमा पु¥याउने प्रेरणा प्रदान होस् ।’ दर्जनौं बढी चलचित्र अभिनय गरेकी अभिनेत्री केसी महासंघको केन्द्रीय कोषाध्यक्षसमेत हुन् । यसैबीच जनसांस्कृतिक महासंघ नेपालको वागमती प्रदेश समिति अध्यक्ष एवं गायक विश्व दोङले धनकुमारीको निधनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । धनकुमारीका पाँच जना छोरा छन् ।

प्रतिक्रिया