किन सामान्य हुँदैछन् हत्या र आत्महत्याका घटना ?

विनोद पौडेल

राजधानी सहर भित्रै पनि हत्याबाट बच्न सहज भएन । एउटी नारी जो आफ्नै श्रीमान्द्वारा मरिन बाध्य बनिने त्यतिले मात्र नपुगेर कलिला सन्तानलाई समेत मार्न पछि परेनन् । काभ्रेस्थली घटनाले सिंगो मुलुकलाई स्तब्ध बनाएको छ । उक्त घटना पनि पारिवारिक विमेलकै कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो । घरमा श्रीमान् श्रीमती बेग्लाबेग्लै कोठामा सुत्ने गर्थे । घटना भएको दिन आइतबार राती श्रीमती र छोराछोरी निदाइसकेपछि श्रीमान् दिनेशले घटना घटाएको हुनसक्ने अनुसन्धान अधिकृतहरूको बताएका थिए ।

साउन ९ गते चितवनको भरतपुरमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीन तला माथिबाट खसेर हत्यारा श्रीमान्को पनि मृत्यु भएको थियो । भरतपुर महानगरपालिका–१० का ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवाद हुँदा धारिलो हतियार प्रहार गरी ३५ वर्षीया श्रीमती रुष्मा आचार्यलाई घरमा गम्भीर घाइते बनाएका थिए । उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो भने उता श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि श्रीमान कृष्णप्रसादले घरको तीन तला माथिबाट हामफालेर भाग्न खोज्दा उनी गम्भीर घाइते भएका थिए । उनको पनि उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएकोे थियो । घटना हुनुको प्रमुख कारण वैदेशिक रोजगार, आपसी असमझदारी, शंका उपशंका पछि निम्त्याएका पारिवारिक विमेलका कारण यो घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।

माथि उल्लिखित घटनाको टुंगोमा नपुग्दै साउन १६ गते काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीमा हत्यापछि आत्महत्याको घटना सार्वजनिक भएको थियो । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालस्थित घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता पाण्डे, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिक मृत भेटिएका थिए । सैनिक स्कुलमा कक्षा ५ मा अध्ययनरत आशिका सोमबार बिहान स्कुल जान बस चढ्न नआएपछि छिमेकीले सोधीखोजी गरेका थिए । घरमा बोलाउँदा कोही नबोलेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले ढोका फोडेर हेर्दा चारै जना मृत भेटिएका थिए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दिनेशले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको थियो । घटनास्थलमा ‘सुसाइड नोट’ समेत फेला परेको थियो ।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङको यो परिवार केही वर्षदेखि यहाँ घर बनाएर बस्दै आएको थियो । आफन्तहरूका अनुसार दिनेश करिब १२ वर्ष कुवेतमा बसेर साढे चार वर्षअघि फर्किएका थिए । पदमसालमा जग्गा किनेर एकतले घरसमेत बनाएका थिए । तर सुनिता र उनको सम्बन्ध राम्रो थिएन । श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध रहेको भन्दै दिनेशले शंका गर्थे र यही विषयमा उनीहरूबीच झगडा हुने गरेको थियो । यस्तै पारिवारिक विमेलका कारण दिनेशले आफ्नो परिवारका सदस्यलाई स्वाहा बनाई आफूले पनि आत्महत्याको बाटो रोजे ।

जति हत्याका घटना क्रूर बन्दै गइरहेको छ त्यो भन्दा पनि क्रूरताका घटना आत्महत्यामा देखिँदै गइरहेको छ । साउन ८ गते आइतबार झापाको कचनकवल गाउँपालिका–५, बेल्ले गाउँमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएर आत्महत्या गरेका थिए । आइतबार बिहान ७ बजे स्थानीय चिया बगानमा रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया करिना गणेश, कल्पना गणेश र १७ वर्षीया अञ्जली गणेशको स्थानीयले शव भेटेका थिए । तिनै जना चिया बगानमा मजदुरी गर्दै आएका उनीहरू शनिबारेदेखि नै बेपत्ता भएका थिए । तीन किशोरीहरू एक अर्का बीचका साथीसाथी मात्र नभई उनीहरू सँगै काम गर्ने साथी पनि हुन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार दुई जनाले डोरी र एकजना सलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनाका कारण सिंगो गाउँ नै शोकमा डुबेको थियो । शोकमा नपरोस् पनि कसरी एउटा कलकलाउँदो फक्रँदै गरेको जीवनलाई परित्याग गर्दा जो कोहीको मन भक्कानिन्छ । उक्त घटनाले पनि त्यही रूप देखियो । किन आजभोलि यस्ता हत्या तथा आत्महत्याका घटना सामान्य बन्दै गइरहेका छन् ।

माथिका फरकफरक प्रकृतिका हत्या र आत्महत्या त एक प्रतिनिधि घटना हो जसले आममानिसलाई स्तब्ध बनाएको छ । किशोर अवस्थामा रहेका तीन किशोरीलाई आत्महत्या गर्नुपर्ने के त्यस्तो समस्या गुज्रियो र आत्महत्या बाटो रोजे भन्नेमा प्रश्न चिन्ह खडा हुन्छ । भर्खरको लाउलाउ खाउखाउको उमेरमा जीवनलाई परित्याग गर्दा हाम्रो समाज र संस्कार कता ढल्कदै छ भन्ने लाग्दछ । कतै परिवारभित्रै पारिवारिक शिक्षाको कमी भएको त होइन भन्ने शंका गर्ने बाटो भएको छ । माथिको सामूहिक आत्महत्याले गम्भीरता बनाएको छ । तीनै जना किशोरी एकै स्थानमा झुन्डिएर सामूहिक आत्महत्या गर्दा पक्कै पनि तिनै जनाले एकैपटक गरेनन् होला । यदि आलोपालो गरी झुण्डिएका हुन् भने मुत्युसँग किन डराएनन् त ? के तीनै जना किशोरीको मष्तिस्कमा एउटै मात्र विचार पलाएको थियो त ? यस्ता विषयमा गम्भीर समीक्षाको खाँचो छ । कतै उक्त घटना आत्महत्या नभई हत्या त थिएन भन्नेमा शंका गर्न पनि सकिन्छ ।

उता अर्को दुई घटनामा आफ्नै श्रीमानसँग श्रीमती र सन्तान सुरक्षित बन्न सकेनन् । चितवनको घटनामा आफ्नै श्रीमान्ले श्रीमतीको हत्या गरी आफू बच्न खोज्दा संसारबाटै बिदा भए । समाजमा अनि परिवारमै हत्या किन सहज हुन थाल्यो मानिसमा किन समवेदना हराउँदै गयो र चेतनशीलप्राणि आज त्रूmर बन्दै गइरहेको छ । यस्ता घटनाले हाम्रो संस्कार खस्किँदै गएको भान हुँदै गइरहेको छ । त्यसैले संस्कार अनि चेतनाको अभिवृद्धि घरबाटै गराउनुपर्ने समाजको परिदृश्यले बनाउँदछ ।

राजधानी सहरभित्रै पनि हत्याबाट बच्न सहज भएन । एउटी नारी जो आफ्नै श्रीमान्द्वारा मरिन बाध्य बनिने त्यतिले मात्र नपुगेर कलिला सन्तानलाई समेत मार्न पछि परेनन् । काभ्रेस्थली घटनाले सिंगो मुलुकलाई स्तब्ध बनाएको छ । उक्त घटना पनि पारिवारिक विमेलकै कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो । घरमा श्रीमान् श्रीमती बेग्लाबेग्लै कोठामा सुत्ने गर्थे । घटना भएको दिन आइतबार राती श्रीमती र छोराछोरी निदाइसकेपछि श्रीमान् दिनेशले घटना घटाएको हुनसक्ने अनुसन्धान अधिकृतहरूको बताएका थिए । मध्यरातमा दिनेश श्रीमतीको कोठामा आएपछि सुनितासँग विवाद भएको र त्यही क्रममा चक्कु प्रहार गरेपछि प्रतिकार गरेको हुनसक्ने आधार ‘उनले शरीरमा लगाएको कपडा च्यातिनु र खाटबाट वरैदेखि रगतका छिट्टाहरू देखिनुले त्यही संकेत गरेको अनुसन्धानकर्ता बताएका थिए । श्रीमती सुनिताको शव भेटिए वरपर रगताम्ये अवस्थामा पैंतालाका डोब पनि थिए । श्रीमतीको हत्या गर्दागर्दै छोराछोरीले थाहा पाएको अथवा ब्युँझिएको हुनसक्छ, त्यही क्रममा दुवैको हत्या भएको हुनसक्ने प्रहरीले घटनास्थल निरीक्षण पछि बताएको थियो । दिनेशले लेखेको सुसाइड नोटमा भने ‘छोराछोरीलाई छाड्न मन नलागेर सँगै लगेको’ भनि नोटमा समेत लेखेका छन् ।

किन पारिवारिक बिमेल बढ्दै छ यो समाजमा ? एक अर्का मनोभावलाई किन बुझिरहेको छैन् ? सामान्य विवाद अनि पारिवारिक बिमेल हुँदैमा हत्याजस्तो जघन्य कार्य गर्नै पर्छ ? हत्या अनि आत्महत्याको अर्को विकल्प बन्न सक्दैन र अरू विकल्प अपनाउन किन सकिँदैनन् भन्ने विषयमा सामाजिक जनचेतनामूलक कार्यक्रम, नाटक, डकुमेन्ट्री, फिल्मजस्ता कार्यक्रममार्फत आममानिसमा चेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ । आजभोलि यस्ता हत्या तथा आत्महत्याका घटनाको डरलाग्दो रूप बन्दै गइरहेको छ । हामीले दैनिकजसो सञ्चारमाध्यममा यस्ता घटनाका समाचार पढ्ने र सुन्ने गरेका छौँ । यस्ता प्रकृतिका घटनालाई शून्यमा झार्नुपर्ने अवस्थाको खाँचो छ । नेपाल प्रहरीको तथ्यांक हेर्ने हो हरेक आर्थिक वर्षमा हत्या तथा आत्महत्याका घटना वृद्धि भएको देखिन्छ । यस्ता घटना वृद्धि भइरहँदै जाने हो भने सुरक्षाका चुनौती बढ्दै जाने निश्चित छ । यसै महिनामा मात्र यस्तै प्रकृतिका घटनाहरू निकै घटित भएका छन् । मान्छे मार्नु सामान्य बन्दै जाँदा आपराधिक घटनाको जालो झन् बढ्दै जाने देखिन्छ । यस्ता विषयमा सम्बन्धित निकायहरूले समयमा नै चनाखो बन्नुपर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया