राप्रपाको शिक्षा विभागलाई डा. गिरीको नेतृत्व


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङ्देनले केन्द्रीय शिक्षा विभाग प्रमुखको नेतृत्व डा. राजेश गिरीलाई तोकेका छन् ।

विभागमा उनीसहित ९ जना मनोनीत भएका छन् । गिरी राप्रपाको विषयमा पहिलो पीएचडी गर्ने नेता मानिन्छन् । राप्रपाको महाधिवेशनमा उनी सबैभन्दा बढी मत ल्याएर जित्नेमा पर्छन् । झापाका डा. राजेशचन्द्र गिरी प्रमुख रहेको उक्त विभागका सदस्यसचिव बैतडीका भरत चन्द छन् ।

विभागमा मनोनीत नामावली यसप्रकार छ :–


प्रमुख : डा. राजेशचन्द्र गिरी (झापा)


सदस्य सचिव : भरत चन्द (बैतडी )


सदस्यहरु : डा.महेन्द्र ब. कार्की (कास्की)


ठाकुर सिंह थारु (बाँके)


सिर्जना रानी बर्मा ( काठमाडौं)


मेनुका खाँण केसी (गुल्मी)


रामकुमार सिंह राजबंशी (झापा)


डा. वसन्त अधिकारी (चितवन)

लक्ष्मी गुरुङ ( ईलाम )

प्रतिक्रिया