हेरल्ड कलेजबाट ४८१ विद्यार्थी दीक्षित

काठमाडौं । हेरल्ड कलेज काठमाडौँको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार राजधानीमाआयोजित एक कार्यक्रमकाबीचउक्त समारोह सम्पन्नभएको हो । समारोहबाट सन् २०१९÷ २० मा स्नातकतह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका १६०, बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६ र सन् २०२०÷२१ मा स्नातकतह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका २४९ र बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका ४६ गरी कुल ४८१ जनाविद्यार्थीहरू दीक्षित भएका छन् । कोभिड महामारीका कारण सरकारले तय गरेका विभिन्न स्वास्थ्य प्रोटोकलहरू पालना गर्नुपर्ने भएकाले उक्त समारोहदुई वर्षपछि भएको हो ।


आइएनजी ग्रुप अन्तर्गत पर्ने हेरल्ड कलेज बेलायतको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटी अफ वुल्भर ह्याम्पटन, युकेबाट सम्बन्धन प्राप्त कलेज हो । दीक्षान्त समारोहमा युनिभर्सिटी अफ वुल्भरह्याम्पटन विश्वविद्यालयका भाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाण पत्र हस्तान्तरण गरे ।


समारोहलाई सम्बोधनगर्दै प्रोभाइस चान्सलर टिमले दिक्षित विद्यार्थीहरूलाई बधाई दिँदै नेपालको कलेजसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । यसै गरी समारोहलाई सम्बोधनगर्दै आइएनजी ग्रुपका संस्थापक अध्ययक्ष सुलभ बुढाथोकीले हेरल्ड कलेजले विद्यार्थीहरूलाई नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाप्रदानगर्दै आएको बताए । ‘नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाप्रदान गरी हेरल्ड कलेजले एउटा बेन्चमार्क बनाएको छ’, अध्ययक्ष बुढाथोकीले भने, ‘हेरल्ड कलेजबाट दिक्षित विद्यार्थीले नेपालमामात्रै नभई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम छन् ।’

नेपालमा सन् २०१७ देखि सञ्चालन हुँदै आएको उक्त कलेजमा अहिले स्नातक तहमा ब्याचलर इनइन्फर्मेसन टेक्नोलोजी, ब्याचलर इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र स्नातकोत्तर तहमा इन्टरनेसनल मास्टर्स अफ बिजनेस म्यानेजमेन्ट विषय पढाइ हुँदै आएको छ । कलेजले विद्यार्थीको एटिच्युड, एकेडेमिक्स र एटेन्डेन्स अर्थात् ट्रिपल ए का आधारमाकलेजमाभर्ना भएका १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

हाल आइएन जी ग्रुप अन्तर्गत काठमाडौँमा इस्लिङ्टन कलेज, हेरल्डकलेज काठमाडौँ, पोखरामा इन्फरम्याटिक्स कलेज पोखरा, विराटनगरमा विराटनगर इन्टरनेसनल कलेज र इटहरीमा इटहरी इन्टरनेसनल कलेज सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया