शिवम् सिमेन्ट बन्याे पब्लिक लिमिटेड

काठमाडौ । शिवम् सिमेन्टको सहायक कम्पनी शिवम होल्डिङ्सले कम्पनी ऐनको दफा ६३ बमोजिम कारोबार स्वीकृति गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । शिवम होल्डिङ्सको अधिकृत पुँजी ५ अर्ब ८० करोड र चुक्ता पुँजी ४ अर्ब रुपैया रहेको छ । शिवम् होल्डिङसले अत्याधुनिक प्रविधियुक्त क्लिङकर र सिमेन्ट उत्पादन गर्ने चिनियाँ विदेशी लगानी समेत रहेको होङशी शिवम् सिमेन्टको सस्थापक रहि उक्त उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ ।

शिवम होल्डिङ्समा मुख्य लगानीकर्ता, संस्थापक शिवम सिमेन्ट लिमिटेडको करिब ८५ प्रतिशत अर्थात ३ अर्ब ४० करोड १० लाख ४२ हजार रुपैयाँको सेयर लगानी रहेको छ । अन्य १९ जना विभिन्न क्षेत्रका उद्योग व्यापार र पेशा व्यवसायको व्यक्तिगत संस्थापकको करिब १५ प्रतिशत अर्थात ५९ करोड ८९ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर रकम लगानी गरेका छन ।

शिवमले प्रत्येक्ष रुपमा सेयर लगानी रहेको होङशी शिवम् सिमेन्ट मुलुककै हालसम्मको ठूलो उत्पादन क्षमता जडित वेष्ट हिटबाट करिब १२ मेघावाट विद्युत उत्पादन गरी आफै सिमेन्ट उत्पादनमा उक्त विद्युत उपयोग गर्ने पहिलो उद्योग हो ।

प्रतिक्रिया