हत्या आरोपमा मेयर चलाउनेसहित ७ जना पक्राउ

विनोद शाही मृत्यु प्रकरण

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ मा किशोर विनोद शाहीको हत्या आरोप लागेकी मेयर अम्बिका चलाउनेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको ।

गत जेठ २१ बिहान अछाममा मृत फेला परेका शाहीको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो । उक्त विवादपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान फेला परेको थियो ।

उनले हत्या भएको भन्दै नगरप्रमुख चलाउनेसहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए । यसअघि जाहेरी दर्ता भएको मध्ये पाँच जनालाई पक्राउ गरेको र अन्य दुई जनालाई हिजो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया