ती गुमनाम भारतीय महिला जसले ब्रिटिसका बच्चा हुर्काए

ब्रिटिश साम्राज्यको चढ्दो–बढ्दो दिनमा भारत र एशियाका अन्य भागहरूबाट बच्चाहरू हुर्काउन हजारौं महिलाहरूलाई लन्डनमा ल्याइएको थियो । तर यी ‘आमाहरू’ मध्ये धेरैलाई पछि उनीहरूकै हालतमा बेसाहारा छाडियो । अहिले ती असहाय धाईआमाहरू बस्ने घरलाई ‘ब्लू प्लेक’ स्मारक बनाइँदैछ ।

‘ब्लु प्लाक’ योजना बेलायतको परोपकारी संस्था ‘अंग्रेजी हेरिटेज’द्वारा सञ्चालित छ र यस योजनामा उनीहरूले महत्वपूर्ण ऐतिहासिक व्यक्तित्वहरूसँग गहिरो सम्बन्ध भएका लन्डनका भवनहरूलाई संरक्षण गर्छन् ।
महात्मा गान्धी र देशका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू र भारतीय संविधानका निर्माता भीमराव अम्बेडकर जस्ता स्वतन्त्रता सेनानीहरूसहित धेरै भारतीयहरूलाई त्यहाँ स्मरण गरिएको छ ।

सन् २०२० मा, दोस्रो विश्वयुद्धकी जासूस नूर इनायत खान ’ब्लू प्लाक’ बाट सम्मानित हुने पहिलो भारतीय बनिन् । पूर्वी लण्डनको ह्याकनीस्थित २६ किङ् एडवल्र्डस् रोडमा रहेको ‘धाइआमा’ घरलाई दिइएको यो सम्मान फरहाना मामुजीको अभियानबाट प्राप्त भएको हो । ३० वर्षीया फरहाना भारतीय मूलकी हुन् जसले पहिलो पटक बीबीसीको वृत्तचित्रमा यस ठाउँको बारेमा सुनेकी थिइन् जसमा संक्षिप्त रूपमा यस वारे उल्लेख गरिएको थियो ।

यस भवलाई सयौं बेसहारा आया र आमाको घर भनेर चिनिन्छ । फरहाना मामुजी र यी मिडवाइफहरूको भूमिका र योगदानको अनुसन्धान गर्ने इतिहासकारहरू अब यो सम्मानले ती बिर्सिएका महिलाहरूको सम्झना फर्काउने आशा गर्छन् ।

यी आया को थिए ?

यीमध्ये अधिकांश महिलाहरू भारत, चीन, हङकङ, ब्रिटिश सिलोन – अहिले श्रीलंका, बर्मा – अहिले म्यानमार, मलेसिया र जाभा – इन्डोनेसियाको भागबाट ल्याइएका थिए ।

इतिहासकार र ’एशियन इन ब्रिटनः ४०० इयर्स अफ हिस्ट्री’ का लेखिका रोजिना विस्राम भन्छिन्, ‘आया र आमा वास्तवमा घरेलु कामदार थिए र औपनिवेशिक भारतमा बेलायती परिवारहरूलाई बलियो समर्थन गर्थे । उनीहरूले बालबालिकाको हेरचाह गर्थे, उनीहरूको मनोरञ्जन गर्थे ।’ ‘उनीहरूलाई कथाहरू सुनाउथेँ, र झोल’ङ्गोमा हल्लाएर सुताउने गर्थे ।’

‘केही परिवारले उनीहरूलाई घर फिर्तिका लागि टिकट खर्च पनि व्यहोर्थे’ उनी भन्छिन् । तर, सबैजना यस्ता भाग्यमानी थिएनन् – धेरैलाई हटाइयो र उनीहरूका रोजगारदाताहरूले उनीहरूलाई घर फर्कन पैसा वा टिकटसमेत नकाटि दिएर अलपत्र पारेर छोडिदिए ।

तिनीहरूमध्ये धेरै त्यहाँ बस्न बाध्य भएका थिए किनभने उनीहरूको टिक खर्च व्यहोर्ने कोही थिएनन् । ‘यसले आयालाई आफ्नै अवस्थामा बाँच्न बाध्य तुल्यायो,’ ब्रिस्टल विश्वविद्यालयका साहित्य र माइग्रेसनका लेक्चरर फ्लोरियन स्ट्याडलर भन्छन् ।

फ्लोरियन स्ट्याडलरले यस विषयमा विस्रामसँग काम गरेका छन् । यी महिलाहरू घर फर्कने खर्चका लागि मान्छेहरू सँग याचना गर्थे । तिनीहरूमध्ये धेरै अत्यनत फोहोर ठाउँहरूमा बस्न बाध्य थिए । ‘र जब उनीहरूसँग पैसा सकियो, उनीहरूलाई यी सस्तो ठाउँहरूबाट पनि बाहिर निकालियो । धेरैलाई भारत फर्कन भीख माग्न बाध्य पारियो ।’

आया घर
ओपन युनिभर्सिटीको ’मेकिंग ब्रिटेन’ अनुसन्धान परियोजनाका अनुसार, ‘आया हाउस १८२५ मा एल्डगेटमा बनाइएको अनुमान गरिएको छ ।’ यो एलिजाबेथ रोजर्स नामक महिला द्वारा बनाईएको थियो ।

उनको मृत्यु पछि (कुन वर्षमा स्पष्ट छैन), घर एक दम्पतीले कब्जामा लिएका थिए जसले यसलाई आयाको निवासको रूपमा बनाएको थियो । उनीहरूले यस घरलाई रोजगार केन्द्र बनाएर चलाए र मानिसहरू यहाँ सुँडेनी खोज्न आउँथे ।

उन्नाइसौं शताब्दीको उत्तरार्धमा ब्रिटिस साम्राज्यको उदय भएपछि, इङ्गल्याण्ड र भारत बीचको नियमित यात्रा सुरु भयो र त्यससंगै बेलायत आउने सुँडेनीहरूको संख्या पनि बढ्यो । डा. विश्रमका अनुसार, ‘यस घरमा हरेक वर्ष २०० जनासम्म बस्ने गर्दथे । कोही केही दिन र कोही महिनौं पनि बस्ने गर्थे ।’ आयाहरूले आफ्नो बसाइको खर्च तिर्नु पर्दैनथ्यो । डा विस्राम भन्छन्, ‘स्थानीय चर्चबाट चन्दा आउथ्यो ।

आयाका रूपमा आएका यस्ता महिला पनि थिए जोसँग घर फर्कने टिकट त थियो, तर खर्च अभाव र संगै जाने साथी नभेटिदाँ यही बस्न बाध्य थिए ।

यस्तो अवस्थामा आया घरकी मालिक्नीले यस्तो ब्यक्तिलाई उनीहरू टिकेट बेची दिन्थिन जो समुन्द्रको बाटो भएर यात्रा गर्न चाहन्छन् र उनीहरू समुन्द्री यात्रामा आयाको सेवाको खाँचो हुन्थ्यो ।यसले उनीहरूको केही रकम बचत हुन्थ्यो ।’ तर, आया घर एउटा छात्रावास जस्तो वा शरणस्थान मात्र थिएन ।

डा. स्टेडलर भन्छन् – उनीहरूको एउटा विशेष उद्देश्य यी आयाहरूलाई ईसाई धर्ममा परिवर्तन गर्ने थियो । उनले भने, ‘तर इङ्ल्यान्डमा यी आयाहरूमध्ये कतिले क्रिश्चियन धर्म ग्रहण गरे भन्ने ठ्याक्कै थाहा छैन किनभने यसको कुनै अभिलेख छैन । उनीहरूलाई वास्तवमा इङ्ल्यान्डमा क्रिस्चियन बन्न बाध्य पारिएको कुनै दस्तावेज पनि छैन ।’

सन् १९०० मा क्रिस्चियन समूह ‘लण्डन सिटी मिशन’ ले यो घर लिएको थियो । तिनीहरूले यसलाई पहिले २६ किंग एडवर्ड्स रोड, ह्याकनी र त्यसपछि १९२१ मा ४ किंग्स एडवर्ड्स रोडमा सारियो ।

ब्लू प्लेकको यात्रा

बीसौं शताब्दीको मध्यमा ब्रिटिश साम्राज्यको पतनसँगै, आयाको आवश्यकता घट्दै गयो । ४ किंग एडवर्ड्स रोडमा रहेको घरलाई निजी निवासमा परिणत गरियो ।

फरहाना मामुजीले पहिलो पटक आया घरको बारेमा २०१८ मा बीबीसीको वृत्तचित्र ’ए प्यासेज टु ब्रिटेन’ मा सुनेकी थिइन् । ह्याकनीमा त्यो भाडाको घरको सानो चर्चा भयो – मामुजी त्यहाँ नजिकै बस्थिन् । पूर्वी लन्डनमा बस्ने एक दक्षिण एसियाली महिला भएकाले मलाई यी आयाहरूसँग आफ्नो सम्बन्ध महसुस गरें र तिनीहरूको व्यथा, कथा जान्न चाहें ।’ उनले त्यो घर हेर्ने इच्छा जागेको बताइए ।

‘विश्वभरका धेरै एसियाली महिलाहरूका लागि विशेष भएको यो ठाँउँमा अहिले केही छैन भनेर म धेरै रिसाएको थिएँ । त्यसपछि मात्र मैले यसबारे केही गर्नुपर्छ भन्ने महसुस गरेँ ।’ त्यसैले उनले आया घर प्रोजेक्ट सुरु गरिन्, जसमा ती ब्रिटिस बच्चा हुर्काउने आयाहरूको कथा रेकर्ड गरिएको छ ।

उनले यो घरको लागि निलो छिंडी दर्जाको लागि आवेदन पनि दिइन् । मार्च २०२० मा, जब उनी ’अंग्रेजी सम्पदा’ मा आफ्नो आवेदनको अवस्था जान्न उत्सुक थिइन्, फरहाना मामुजीले ब्रिटिश साम्राज्य युगमा आयाको भूमिकाबारे छलफल गर्न ह्याक्नी म्युजियममा एउटा समारोह आयोजना गरिन् ।

म्युजियमका कर्मचारीहरूले पनि आफ्नो तर्फबाट यस विषयमा अनुसन्धान गरिरहेका थिए ।
यस संग्र्रहालयका प्रबन्धक नीति आचार्य भन्छिन् – उनले ‘विभिन्न स्रोतहरूबाट यस घरमा बस्ने मानिसहरूको पहिचान पत्ता लगाउने प्रयास गरिन् । यी स्रोतहरूमा जनगणना दर्ता, १९७८ देखि १९६० सम्म बेलायत आएका र छाडेर गएका मानिसहरूको सूची समावेश छ । ती अभिलेखका स्रोतहरू समावेश थिए ।

‘यी सबै प्रकारका स्रोतहरूबाट प्राप्त थोरै जानकारीले कथा बुन्न मद्दत गर्यो जसले ठूलो चित्र देखायो,’ उनी भन्छिन् । तर मिडवाइफहरूको बारेमा थोरै जानकारी उपलब्ध भएकाले यो चुनौतीपूर्ण कार्य थियो । उनी भन्छिन्, ‘अभिलेखमा उपलब्ध जानकारी ती परिवारको बारेमा छ जो यस्ता आयाको सेवा लिएका थिए ।

ती महिला अहिले पनि गुमनाम नै छन् जसले क्रिश्चियन धर्म अपनाएका थिए र उनीहरूलाई सोही अनुसारको नाम दिइएको थियो । ‘आया बर्ड’ जस्तो पारिवारिक नाम ।’ फरहाना मामुजी र अन्यले ‘नीलो छिंडी’ को खोजले यी बिर्सिएका महिलाहरूको बारेमा प्रकासमा ल्याउने आशा गरेका छन् ।‘सत्य कुरा त यो हो कि यी महिलाहरू सम्मानका हकदार छन् ’उनी भन्छिन् ।– बीबीसी हिन्दीबाट

प्रतिक्रिया