बझाङमा करेन्ट लागेर घाइते भएका शाहलाई नेपालगन्ज पठाइयाे

बैतडी । बझाङमा करेन्ट लागेर एक जना गम्भिर घाईते भएका छन् । काठमाडौंको टाेखा नगरपालिका घर भएका ४० वर्षीय सुमनबिक्रम शाह बझाङको बित्थडचिर गाउँपालिकाको धरान भन्ने स्थानमा एनटी फाईबरको लाईन तान्ने क्रममा आज बिहान करेन्ट लागेर गम्भिर घाईते भएका हुन् ।

घाईते शाहलाई हेलिकप्टर चाटर्ड गरी नेपालगंज रेफर गरिएको छ । उनलाई खोडपेबाट हेलिकप्टरमा नेपालगंज लगिएको खोडपे प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए ।

प्रतिक्रिया