बझाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

बझाङ । बझाङमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको सुर्मा गाउँपालिका–२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु. प. प्र ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति घट्टेखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको मृत्य भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा २७ वर्षीय नरेश बोहरा रहेका छन् । त्यस्तै चालक विमल बोहरासहित ६ जना घाइते भएका छन् ।

ट्याक्टरको स्टेरिङले काम नगर्दा सडकबाट करिब २० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

घाइतेको तत्काल उद्धार गरि जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया