शेखर कोइराला गुटको भेलामा गगन थापा सहभागी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा डा. शेखर कोइरालाले बोलाएको भेलामा सहभागी भएका छन् । बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भइरहेको शेखर समूहको भेलामा गगन सहभागी भएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफूपक्षीय भेला राखेका हुन् ।

कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ । कांग्रेसको १४औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् ।

(यसअघिकाे समाचारमा कांग्रेस नेता शेखर कोइराला समूहको भेलामा गगन थापा पनि सहभागी हुनुपर्नेमा अन्यथा पर्न गएकाले सच्याएका छौँ । सं.)– न्युज कारखाना

प्रतिक्रिया