कागतीको रिफ्रेसिंग स्वादमा नयाँ स्प्राइट

काठमाडौँ । स्प्राइटले कागतीको रिफ्रेसिग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ । नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले नयाँ टेलिभिजन विज्ञापन लन्च गरेको छ । जसमा स्प्राइटको ब्रान्ड एम्बेसडर अनमोल केसीलाई छायांकन गरिएको छ ।

युवा पुस्ताका लागि लक्षित यो विज्ञापनले ‘स्प्राइटसँग रिफ्रेस्मेन्ट’ भन्ने सन्देश दिँदै दर्शकलाई स्प्राइट पिउन उत्प्रेरित गर्छ । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कोका–कोलाले उपभोक्ताको माग र रोजाई अनुसारको स्वाद प्रदान गर्न प्रयासरत रहेको बताए ।स्प्राइटले पहिलेदेखि नै उपभोक्ताहरुको तन र मन दुवैलाई स्फूर्ति प्रदान गर्दै आएको पनि उनले बताए ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले कागतीको रिफ्रेसिङ्ग स्वाद भएको नयाँ स्प्राइट लन्च गर्न पाउँदा उत्साहित भएको बताए । स्प्राइट नेपालले आफ्ना पारखीहरुका लागि थुप्रै सरप्राइजहरु पनि तयार पारेको जनाएको छ ।

नयाँ स्प्राइट उपभोक्ताहरूको माग अनुसार विभिन्न साइज र बोतलमा उपलब्ध छ । ग्लास बोतलमा स्प्राइट १७५ मिलि तथा २५० मिलि र पेट बोतलमा २५० मिलि, ५ सय मिलि, १ लिटर, १.५ लिटर, २.२५ लिटरको प्याक साईजमा बजारमा उपलब्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया