बझाङमा राष्ट्रिय धान दिवस मनाइयो

बझाङ। बझाङमा राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । आज एक कार्यक्रमबीच धानबालिमा जैविक विविधताको उपयोग, आयात प्रतिस्ठापनमा सहयोग’ भन्ने मुल नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न भएको हो ।

दुर्गाथली गाँउपालिका र कृषि ज्ञान केन्द्र बझाङको संयुक्त साझेदारीमा थलि जिउलामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न भएको छ ।

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा बोल्दै कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर विष्टले देशका विभिन्न देवि देवालय मन्दिरहरुमा सबैभन्दा पहिले धानको बाला गहुँकोबाला चढाएर मात्रै खाने चलन रहेको र विश्कै सबैभन्दा अग्लो स्थानमा धान फल्ने देश पनि नेपाल नै रहेको तथा विदेशी पर्यटकहरुले स्थानीय स्तरमा उत्पादन हुने चामल खोजी गर्ने भएकाले धान खेतिको माग बढिरहेकाले धान खेती गर्न आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रम बोल्दै दुर्गाथली गाँउपालिकाका अध्यक्ष दिलबहादुर थापा तुफानले दुर्गाथली गाँउपालिका धान, गहुँ र फापर खेती गर्न योग्य जमिन हुँदाहुँदै पनि बाहिरीबाट आयात गर्नुपर्ने स्थिति अएको बताए । साथै, उनले कृषकहरूको उथ्थानको लागि सामान ढुवानी गर्न गाउँपालिकाले कृषि एम्बुलेन्स किन्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी ज्ञानबाहादुर विष्ट र स्थानीयहरुको उपस्थित रहेको थियो । त्यस्तै, जयपृथ्वी नगरपालिकाले पनि विभिन्न कार्यक्रम गरि मनाएको छ ।

प्रतिक्रिया