पर्साको सखुवा प्रसौनीमा चट्याङ् लागेर एककाे मृत्यु

पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ औँराहामा चट्याङ् लागेर एकजनाकाे मृत्यु भएकाे छ । औँराहा रेन्ज निवासी अन्दाजी वर्ष ३० को हरिन्द्र दास थारुकाे चट्याङ् लागेर मृत्यु भएकाे हाे ।

पानी परेको बेला दिसो ३:३० बजे खेतमा कोदालो चलाउँदै गर्दा चट्याङ् लागि मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले बताए । प्रहरी निरीक्षक आचार्यको नेतृत्वमा घटनाको स्थलगत मुचुल्का तयार गरि शव पोस्टमाटमको लागि नारायणी अस्पताल बिरगंजमा पठाईएको प्रहरी जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया