अस्पतालका कर्मचारी मृत फेला

death

बनियानी । झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङ्ग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् ।

अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बास्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए ।

गौरादह– ३ का बास्कोटा कार्यालय समयमा नउठेपछि गएर हेर्दा मृत फेला परेको पाइएको प्रहरीले जनाएको छ । शरीरमा कुनै चोटपटक छैन’, प्रहरी निरीक्षक तिम्सिनाले भने, ‘घटनका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’

प्रतिक्रिया