खराब मौसमको कारण हवाई उडान प्रभावित

काठमाडौं । खराब मौसमको कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ ।

काठमाडौं विमानस्थलममा आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रतिक्रिया