वागमती प्रदेश सरकारको बजेट एमालेद्वारा अस्वीकार

हेटौँडा । वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० का लागि प्रस्तुत गरेको बजेट नेकपा (एमाले) ले अस्वीकार गर्दै बजेट पुस्तक फिर्ता गरेको छ ।

एमालेको संसदीय दलको नेता तथा पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख सचेतक दीपक निरौला लगायतका प्रदेशसभा सदस्यहरुको टोलिले आज मुख्यमन्त्री राजेन्द्रराज पाण्डेलाई भेटी बजेट पुस्तकमा भएका गलत मनसाय प्रेरित कर छुटको व्यवस्था, नीतिगत भ्रष्टाचार हुने योजना, असमानता लगायतका कुराहरु नसच्चाएसम्म स्वीकार गर्न नसकिने भन्दै बजेट पुस्तक फिर्ता गरिएको जनाएका थिए ।

सरकारले प्रस्तुत गरेको बजेटमा वितरणमा असमानता, गलत मनसाय सहितको कर छुट, सत्ता गठबन्धनले जितेका स्थानीय तह तथा वडामा मात्र बजेत विनियोजनलाई प्राथमिकता दिएको बजेट अघि प्रति पक्ष दलसँग गरेको समजदारीको पूर्ण वेवास्ता गरेकोले बजेट पुस्तक फिर्ता गरिएको दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिए।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया