फिदिम नगरपालिकाको बजेट ९८ करोड ७४ लाख

पाँचथर । फिदिम नगरपालिकाले ९८ करोड ७४ लाख बजेट सार्वजनिक थरेको छ । नगर सभामार्फत नगरपालिकाले २०७९।८० को नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेको हो । नगर सभामा ९८ करोड ७४ लाख ७६ हजार ६ सय २० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो ।

नगरपालिकाले सामाजिक विकास तर्फ ४४ करोड ३३ लाख ५ हजार ४ सय ६३ , आर्थिक विकास तर्फ ६ करोड ८० लाख ७५ हजार ५ सय , पुर्वाधार विकास तर्फ ३१ करोड २६ लाख६३ हजार ४ सय ७ रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै सार्वजनिक सेवा तथा क्षमता बिकास तर्फ २ करोड ७६ लाख ४४ हजार २ सय ५० , वातावरण तथा विपद व्यवस्थापन तर्फ २ करोड १२ लाख ८८ हजार र प्रशासनिक खर्च तर्फ ११ करोड ६५ रुपैयाँ बजेट विनियोजन भएको हो । ११औं नगर सभालाइ नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले अध्यक्षता गरेका थिए भने, उपप्रमुख राधाकृष्ण न्यौपानेले बजेट तथा नीतिकार्यकरम पस्तुत गरेका थिए ।

जिल्लाका नगर सहित सबै पालिकामा गाउँ सभा सम्पन्न भएको जिसस प्रमुख रामराज आङदेम्बेले जनाएका छन् । नगर सभा संसदिय अभ्यास अनुसार संसद्को झल्को स्वरूपमा छोटो छरितोमा सम्पन्न गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालको भनाइ छ ।

प्रतिक्रिया