पटेर्वा सुगौली गाउँपालिकाको बजेट ४१ करोड १० हजार

पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको आर्थिक बर्ष २०७९।८० को नीती तथा कार्यक्रम आज सार्वजनिक भएको छ । नीति तथा कार्यक्रम तथा दोस्रो कार्यकालको प्रथम अधिवेसन सम्पन्न भएको छ । पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रम पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा निती तथा कार्यक्रममा ४१ करोड १० हजार को अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष ममता महतोले प्रस्तुत गरिन् । कार्यक्रममा गापाको प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादव, गापाका पाँचै वडाका वडाध्यक्षहरु, वडा सदस्यहरु, लगाएत स्थानीय संचारकर्मी तथा गापाका सम्पुर्ण कर्मचारी हरुको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य गाउँ पालिकाको प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादवले दिएका थिए ।

योजना तर्जुमा स पालिकाले शिक्षा, स्वास्थ, कृषि, पर्यटन, भौतिक भौतिक पूर्वाधार, लगाएत आवश्यक भए जतीको कर्यहरुलाइ प्रमुख प्राथमिकतामा राखिएको । दुधेश्वरनाथ माहदेव (भाठा बाबा) मन्दिर, गाढीमाई मन्दिर, भौरीमाई मन्दिर, बनसपतीमाई मन्दिरहरुलाइ पर्यटकीय क्षेत्र बनाउने योजना मा राखिएको छ ।

प्रतिक्रिया