वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई जिम्मेवारी दिइएको छ । असार ६ गते बसेको मन्त्रिपरिषद्को बैठकअनुसार ज्वारचनलाई बिहीबार निगमको महाप्रबन्धकको जिम्मेवारी दिइएको हो ।

ज्वारचनलाई महाप्रबन्धकको जिम्मेवारी सम्हाल्न अस्थायी जिम्मेवारी तोकिएको छ । मन्त्रिपरिषद्को निर्णयमा भनिएको, ‘नेपाल वायुसेवा निगम २०१९ को दफा १२ बमोजिम तपाईंलाई नेपाल वायुसेवा निगमको महाप्रवन्धकको कामकाज गर्ने गरी अस्थायी नियुक्ति गरिएको व्यवहोरा निर्णय अनुसार अनुरोध छ ।’

प्रतिक्रिया