राखेपद्वारा खेलकुद विश्वविद्यालय कार्यदल गठन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको समग्र विकासका लागि खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनु पर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलका सदस्यहरुमा गीता क्षेत्री राणा, युवराज लामा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं, डा. शुभेन्दु गुप्ता, रवि राजकर्णिकर, सूर्यबहादुर अधिकारी, नीलेन्द्रराज श्रेष्ठ, सुमन डिसी, सुजिना गुरुङ, डा. अचुतम लामिछाने र हरिहर श्रेष्ठ रहेका छन् ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उनीहरुलाई मंगलबार पत्र हस्तान्तरण गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले भने– ‘योजना बनाउन जत्ति जरुरी छ त्यो भन्दा पनि अझ महत्वपूर्ण पाटो योजनालाई कार्यान्वयन तहमा पु¥याउनु हो । कार्यदलमा विज्ञ र अनुभवी महानुभावहरु हुनुहुन्छ । यहाँहरुबाट मैले धेरै आशा गरेको छु ।’ हाल नेपालमा खेलकुद विधा सम्बन्धि विभिन्न तहमा अध्ययन हुन थालेपछि खेलकुदको छुट्टै विश्वविद्यालय भने छैन । त्रिभुवन विश्वविद्यालयमा स्पोर्ट्स साइन्स विषयमा स्नातकोत्तर र गण्डकी विश्वविद्यालयमा स्नातमक अन्तर्गत खेलकुद व्वयस्थापन पढाइ हुन्छ ।

प्रतिक्रिया