काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ०१ रमदैया भवाडीमा ९४ ओैँ शाखारहित बैंकिग सेवा सुरु गरेको छ । संस्थामा सेवा संचालनका लागि स्थानीय व्यवसायी शम्भु यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखा रहित बैंकिगबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथै बैंकका ग्राहकको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्दको समेत स्थापना गरिसकेको छ । हाल बैंकले मुलुकभर १७५ शाखा, १ सय २५ ए.टि.एम. र ९४ वटा शाखा रहित बैंकिग ईकाईबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया