निःशुल्क शिविरमा ३० जनाले गरे पायल्सको शल्यक्रिया

दैलेख । दैलेखमा ३० जनाले पायल्स रोगको शल्यक्रिया गरेका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखद्वारा आयोजित दुई दिने गुदरोग सम्बन्धी क्षारसुत्र रोगको पहिचान तथा निःशुल्क शल्यक्रिया शिविरमा ३० जनाले शल्यक्रिया गरेका हुन् । शुक्रवारबाट सुरु भएको शिविरमा पायल्स, फिस्टुला, फिसर रोगको पहिचान गरी शल्यक्रिया गर्न आवश्यक भएकोलाई शल्यक्रियाको लागि सिफारिस गर्दा ३० जना पाईल्सका बिरामीहरूले शल्यक्रिया गरेको डा. प्रज्ञा उपाध्यायले जानकारी दिएकी छन् ।

दैलेखमा पनि पाईल्सका बिरामी बढ्दै गएको भए पनि कतिपयले रोग लुकाउने प्रचलन भएका कारण उपचारको लागि कमै बिरामी आउने गरेको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका कार्यालय प्रमुख रामप्रसाद महत्तोले बताए । उनले भने जिल्लामा पायल्सका बिरामी धेरै छन् । उपचार गर्न लाज मान्ने हुनले धेरै उपचार गर्न नै आउँदैनन् । यो शिविरमा १५० भन्दा बढी पाईल्सका बिरामी आए पनि ३० जनाको शल्यक्रिया भएको छ । शल्यक्रियाको लागि ४० जना सिफारिस भएको भए पनि १० जनाले शल्यक्रिया गर्नै मानेनन् ।

दुई दिनको लागि शिविरको कार्यक्रम तय गरिएकोमा बिरामीको चाप धेरै भएकोले शिविर ३ दिन सञ्चालन पर्यो दैलेखमा स्रोत र साधनको कमिले दिनमा १० जना भन्दा बढीको शल्यक्रिया गर्न नसकिने भएको हुनले ३ दिन शल्यक्रियाको समय लागेको हो ।नारायण नगरपालिका–६ मा सञ्चालित शिविरमा प्रादेशिक आयुर्वेद औषधालय बिजौरी दाङका आयुर्वेद शल्य चिकित्सक डा. मदन भण्डारी, नाराणघाट चितवनमा कार्यरत डा. विनय कुमार लगायतको टोलीले शल्यक्रिया गरेका हुन् ।

पायल्सका रोगीहरुका लागि जिल्लामा पाईल्सको अपरेसन नहुने र भए पनि महँगो हुने भएकाले बिरामीहरु पाईल्सको उपचारकै लागि जिल्ला बाहिर सुर्खेत काठमाडाैं जानुपर्ने बाध्यता रहेको थियो । जिल्लामा निःशुल्क शल्यक्रिया हुने खबर पाएर शल्यक्रिया गर्न आएकी दुल्लू नगरपालिका वडा नं.२ कि सपना रावतले शल्यक्रिया गर्न नेपालगञ्ज गएर उपचार गर्न समस्या भएको बेला दैलेखमै निःशुल्क शल्यक्रिया गर्न पाएकोमा खुसी भएको बताइन् ।

उनले भनिन् ‘जिल्ला बाहिर गएर शल्यक्रिया गर्दा धेरै खर्च लाग्ने, गर्मी समय भएकाले शल्यक्रिया गर्दा समस्या हुने समस्या थियो । जिल्लामा आफ्नो सहाउँदो हावापानी मै पाईल्सको उपचार तथा शल्यक्रिया गर्दा घरमै बसेर आराम गर्ने सकिने हुँदा शल्यक्रिया गरेको मा खुसी छु ।’

प्रतिक्रिया