गैरआवासीय नेपालीकाे नागरिकताको विषय शीघ्र सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने बताएका छन् । संघले आज काठमाडौं आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै देउवाले नागरिकताको विषय सबै सरोकारवालासँग छलफल गरेर टुङ्गो लगाइने बताए ।

‘तपाईंहरूले गैरआवासीय नेपालीलाई नागरिकताको विषय जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ, यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशीघ्र सम्बोधन गर्ने कुरा पुनः म यहाँहरूलाई आश्वास्त तुल्याउन चाहन्छु,’ उनले भने ।

प्रधानमन्त्री देउवाले संसारभरि छरिएर रहेका प्रवासी नेपालीलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न अपिल गर्दै विदेशमा आर्जन गरेको पुँजी, ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्न पनि आग्रह गरे ।

‘अब विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यावसायिक ज्ञान, सिप र कौशललाई मुलुकको विकासका लागि उपयोग गर्न संघमार्फत सबै गैरआवासीय नेपालीलाई आग्रह गर्दछु,’ उनले भने ।

प्रतिक्रिया