काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वित्तीय आवश्यकता अझ सहज ढङ्गबाट परिपुर्ति गर्ने अभिप्रायका साथ वेबसाइट मार्फत बिभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने ब्यवस्था गरेको छ ।
प्रारम्भिक रुपमा ग्राहकले बैंकमा नगई आफ्नो डिम्याट, मेरोशेयर, मोबाइल बैंकिग, इन्टरनेट बैंकिग तथा क्यु आर कोड लगायतका सेवाको लागि अनलाइन मार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ ।
वेबसाइट मार्फत ग्राहकले मोबाइल तथा इन्टरनेट बैंकिगको निःशुल्क रेजिष्ट्रेशन,पासवर्ड रिसेट, मेरो शेयरको रजिष्टे«शन, नविकरण, सि. आर. एन नम्बर दर्ता तथा जानकारी, क्यु आर कोडको दर्ता, पासवर्ड रिसेट जस्ता सेवा घरैबाट प्राप्त गर्न सकिने उल्लेख छ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने र डिजिटल बैंकिग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा अन्य थुप्रै सेवालाई यसमा समावेश गर्दै लाने उद्देश्यका साथ कार्य भइरहेको पनि कम्पनीले जनाएको छ ।
बैकको मुलुकभर १ सय ७५ शाखा, १ सय २५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिग ईकाईबाट करिव १४ लाख ग्राहकलाई आधुनिक बैंकिग सेवाहरु प्रदान गर्दै आएको पनि उल्लेख छ ।
प्रतिक्रिया