काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र धनगढी, सुदुर पश्चिम अवस्थित किसान समूह बीच कृषि उत्पादकत्व बृद्धिको लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा किसान समुहबाट सिफारिस भएका ग्राहकलाई बैकको सबै शाखा कार्यालयबाट सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकलाई किसान समूहले बाई ब्याक ग्यारेन्टी सुविधा समेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविन कुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाह नवाज आलमले हस्ताक्षर गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया