कुमारी बैंक र ड्रिमल्याण्ड गोल्ड रिसोर्ट सम्झौता

काठमाडौ । कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबीच बैंकका ग्राहकलाई ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सो सम्झौता पत्रमा बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा होटेलका तर्फबाट महाप्रबन्धक लक्ष्मण खड्काले हस्ताक्षर गरेका हुन । डिजिटल कारोबारमा ग्राहक आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त बैंकले उक्त सहकार्य मार्फत होटेलका विभिन्न सेवामा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट,क्रेडिट कार्डवाहकले उक्त होटेल बसाईमा रुम शुल्कमा ३० प्रतिशत र खानपानमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने पनि उल्लेख छ ।

बैंकले देशव्यापी १ सय ९७ शाखा सञ्जाल, १ सय ८६ एटिएम, ४२ शाखारहित बैंकिग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिग सुविधा दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया