बैतडी । बैतडीका तीन स्थानीय तहमा खोरेत रोगको संक्रमण फैलिएको छ । एक महिना अघि जिल्लाको पाटन नगरपालिका ५ मा देखिएकोमा मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा पनि खोरेत रोगको संक्रमण देखिएको हो । पाटन नगरपालिका ५, मेलौली नगरपालिका २ र पञ्चेश्वर गाउँपालिका ५ मा पशुचौपायाहरुमा खोरेत रोगको संक्रमण पैmलिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए । खोरेत रोगको संक्रमणबाट एक महिनाको अवधीमा पाटन नगरपालिका ६ मा मात्रै दुई दर्जन बढी पशुचौपाया मरेको नगरउपप्रमुख कमल बोहराले बताए ।
खोरेतको संक्रमणबाट पशुचौपाया मर्न थालेपछि किसानहरु चिन्तीत बनेका छन् । खोरेत रोगको संक्रमण देखिएका ठाउँहरुमा रोग बिरुद्धको भ्याक्सिनहरु पठाएर पशुचौपायामा लगाउन सुरु गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका प्रमुख पन्तले बताए । उनले भने, ‘खोरेत रोगको संक्रमण फैलिन नदिन लागि मेलौली र पञ्चेश्वरमा पाँच सय भन्दा बढी पशुचौया भ्याक्सिन लगाउने कार्यक्रम छ ।’
आहारा नखाने, र्याल चुहाईरहने, खुट्टका खूरहरु फाट्ने, १०४ डिग्री भन्दा बढी ज्वरो आउने लगायतका लक्षणहरु देखिने गरेको पशु प्राबिधिकहरुले जनाएका छन् । खोरेत रोगका कारण पशुहरुमा महामारी नै फैलने भएकाले समयमै ध्यान दिनुपर्ने पशु चिकित्सकहरुले सुझाएका छन् । रोग लागीसकेपछि निको हुने सम्भावना कम हुने गरेकाले गोठहरु सफा राख्ने, सरसफाईमा बिशेष ध्यान दिन किसानहरुलाई सुझाव दिएका हुन् ।
प्रतिक्रिया