बझाङ । जिल्ला समन्वय समिति बझाङको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नरबहादुर बोहरा निर्वरोध निर्वाचित भएका छन् । नेकपा एमालेले उम्मेदवारी नै नदिए पछि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी सहितको गठबन्धनका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत नरेन्द्र शर्माका अनुसार जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका नरबहादुर बोहरा र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका कृष्ण विष्ट निर्वाचित भएका छन् ।
त्यस्तै जिल्ला समन्वय समितिको महिला सदस्यमा अस्मिता देवी चदारा, बाटुली देवी ओड, लक्ष्मी देवी कामी, खुल्ला सदस्यमा गौरीशङ्कर जोसी, टोप बहादुर खड्का, गोरख बहादुर सिंह र दलित सदस्यमा नेपाली कांग्रेसकी रिता कामीको निर्बिरोध निर्वाचित भए । जिल्ला समन्वय समिति बझाङको निर्वाचनमा सत्ता गठबन्धनको मात्रै उम्मेदवारी परेको थियो ।
आईतबार नव निर्वाचित प्रमुख नरबहादुर बोहरालाई जिल्ला न्यायधिस बिष्णु प्रसाद अबस्थीले पद तथा गोपनियताको सफत ग्रहण समेत गराउनु भएको छ । जम्मा १२ पालिकामध्ये दुई पालिकाको प्रमुख, उप–प्रमुख र एक पालिकामा प्रमुख गरी ५ सदस्य मात्रै जितेको नेकपा एमालेको समन्वय समितिमा बहुमत नपुग्ने भएपनि मनोनयन दर्ता गरेको थिएन् ।
बझाङ
प्रतिक्रिया