शैलुङका दुई सय घरमा मिटरसहितको धारा

दोलखा । जिल्लाको शैलुङ गाउँपालिकाले दुई सय घरधुरीमा मिटरसहितको खानेपानी धारा जडान गरेको छ । हरेक घरमा शुद्ध पानी पु¥याउने उदेश्यका शैलुङ गाउँपालिका र वाटरहेडको आर्थिक सहयोग तथा सामुदायिक विकास मञ्चको सहजीकरणमा मिटरसहितका खानेपानी धारा जडान गरेको हो । घरघरमै धारा पाएपछि सो स्थानका स्थानीयहरू खुसी भएका छन् । गाउँपालिकाको वडा–३ र ४ का स्थानीय नागरिकले घरआँगनमा रहेको मिटरसहितको धाराबाट पानी खान पाएपछि हर्षित भएका छन् । विगतदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरूलाई स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ घरघरमा धारा जडान गरिएको शैलुङ गाउँपालिका अध्यक्ष रिमाल बाबु श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले सबैको सहभागिताले नै आयोजना सप्पन्न भएको बताए । आयोजनाको विविध संरचना निर्माणमा सहयोग पु¥याउने स्थानीयहरूलाई धन्यवाद दिँदै श्रेष्ठले अब आफ्नो धाराको संरक्षण आपैmँले गर्न खानेपानी उपभोक्ताहरूलाई आग्रह गरे । सामुदायिक विकास मञ्चका अध्यक्ष राजु थापाले स्वच्छ खानेपानी नै हाम्रो स्वस्थ जिन्दगानी रहेको बताए ।

धारा निर्माणमा सहजीकरण गरेकोमा गाउँपालिकालाई धन्यवाद दिँदै अध्यक्ष थापाले आगामी दिनमा पनि सहयोग गर्ने उद्देश्य रहेको बताए । खानेपानी योजनाको संरक्षण गर्ने जिम्मा स्थानीयहरूको रहेको अध्यक्ष थापाको भनाइ छ । कार्यक्रममा खानेपानीको लागि जग्गा दानलगायत विभिन्न सहयोग गर्ने स्थानीयहरूलाई सम्मानसमेत गरिएको थियो ।

नादनघर नाम्चे आहाल खानेपानी तथा सरसफाइ आयोजनामा र कालो खोला मूलाबारी खानेपानी तथा सरसफाइ आयोजनामार्फत ती गाउँमा खानेपानी निर्माणको काम गरिएको उपभोक्ता समितिले जनाएको छ । आयोजनाबाट सय दुई धारा निर्माण गरिएको छ । यसबाट एक हजार जना लाभान्वित हुने भएका छन् । सामुदायिक विकास मञ्चको सहजीकरणमा वाटरहेड नेपालको १ करोड ४१ लाख ६२ हजार ७ सय ७०, शैलुङ गाउँपालिकाको २६ लाख १२ हजार ७ सय ६६ र उपभोक्ता जनश्रमदानबाट २७ लाख ५६ हजार ६ सय १२ गरेर १ करोड ९५ लाख ३२ हजार १ सय ५० रुपैयाँमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।

प्रतिक्रिया