घरैबाटै जैविक र अजैविक फोहोर छुट्ट्याइदिन उपप्रमुख डंगोलकाे आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले काठमाडौंको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने बताएकी छन् । शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले तत्कालका लागि फोहोर व्यवस्थापनका लागि सहमति भए पनि दीर्घकालीन समाधान खोजिने भन्दै विभिन्न योजनाहरू तयार भइरहेको बताइन् ।

फोहोर स्रोतमा नै व्यवस्थापन गर्नुपर्ने उनले उल्लेख गरिन् । घरैबाट जैविक र अजैविक फोहोर छुट्ट्याइदिन आग्रह पनि गरिन् । उनले फोहोर व्यवस्थापनका लागि गरेको प्रतिबद्धता पूरा गर्ने बताइन् ।

प्रतिक्रिया