धनगढीमा भाटभटेनी सुपर स्टोर सञ्चालनमा

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भाटभटेनी सुपर स्टोरको २३औँ शाखा सञ्चालनमा आएको छ । स्टोरको शुक्रबार भाटभटेनी सुपर स्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ, उनकी धर्मपत्नी, परिवारका सदस्य लगायतले एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा १७ कठ्ठा जग्गामा ६ तलाको भवन निर्माण गरिएको निर्देशक गरुङले जानकारी दिए । उनले सुदूरपश्चिममा अन्तर्राष्ट्रिय स्तरको सपिङ सुविधा प्रदान गर्ने उद्देश्यले सेवा प्रारम्भ गरेको बताउँदै २ अर्व बढी लगानीमा स्टोर सञ्चानलमा ल्याएको बताए ।

स्टोरमा खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामान, कस्मेटिक, फर्निचर, खेलौनालगायतका सामान उपलब्ध रहेको जनाइएको छ । सुपर स्टोरले करिब ३ सय जनालाई रोजगारी दिएको छ । शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामानमा २० प्रतिशतसम्म छुट रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया