धादिङमा पहिरोले घर पुरिँदा एकजना बेपत्ता

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ५ मा पहिरोले घर पुरिँदा एक जना वेपत्ता भएका छन् ।

गएराति अन्दाजी १२ः३० बजेको समयमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा सिताराम खाँड वेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोले घर पुरेको थाहा पाएलगत्तै उद्दार कार्य जारी रहेको स्थानियले बताएका छन् । अहिले स्थानीय र नेपाल प्रहरी उद्दारमा खटिएका छन् ।

घटनास्थलमा जेसीवी लैजान नसकेपछि स्थानीयसँग सहकार्य गरि खनेर घर भित्रै फसेका खाँडको उद्दार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया