पब्जी बन्द गर्न संसदमा आवाज उठ्यो 

sf7df8f}F,@# h]7 M ;+3Lo ;+;b ejg gofF jfg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw ;efsf] a}+7sdf ;xefuL ;f+;bx? . t:jL/ M rGb|snf If]qL,/f;;

काठमाडौं । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । 

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् । 

प्रतिक्रिया