काठमाडौंमा आज यस्तो छ तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको थोक भाउ सार्वजनिक गरेको छ ।

आज हरियो अंगुर २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ र गोलभेँडा सानो (टनेल) प्रतिकेजी ५५ रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३८.५० रुपैयाँ, सेतो आलु ३२.५० रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ र कागतीको भाउ प्रतिकेजी १७५ रुपैयाँ रहेको छ । कागतीको मूल्य एकैदिन ३५ रुपैयाले बढेको हो । खुद्रा बजारमा भने तरकारी र फलफूलको भाउ योभन्दा महँगो हुन्छ ।

प्रतिक्रिया