महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक

काठमाडौ । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो ।

एक हजार रुपैयामै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा सँवामा गाभि एकमुष्ठ रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ । यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले ५ बर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन । बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी व्रmमिक बचत खाता खोल्न सक्ने पनि बैकले जनाएको छ ।

विगत देखि नै ग्राहकले आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको बैंकले ग्राहकको बैंकिग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी क्रमिक बचत खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १ सय ३ शाखा मार्फत यो खाता खोल्न सकिने पनि बैकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १ सय ३ वटा शाखा मार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरिय वित्तिय सेवा सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले बैकले विभिन्न सेवा पनि उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया