नबिल बैंकले काठमाडाैंका १८ वटा शाखामा सार्वजनिक शाैचालय सञ्चालन गर्ने

काठमाडाैँ । काठमाडौँ महानगरपालिका र नविल बैंक लिमिटेडबीच सार्वजनिक शौचालय सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । नबिल बैंकले काठमाडौँको १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालन गर्न महानगरसंग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र नविलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका हुन् । सम्झौता ५ वर्षको रहेको छ ।

शौचालयको मर्मत सम्भार सरसफाइ, पानीको प्रबन्ध पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गर्नेछ । सम्झौता कार्यक्रममा नविलका कार्यकारी अधिकृत शाहले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले निःशुल्क सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने जानकारी दिए ।

बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग तीनधारा, ज‍ोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतिदेवी कम्प्लेक्स लगाएतका स्थानमा सर्वसाधारणले निःशुल्क शौचालय गर्न पाउनेछन् ।

प्रतिक्रिया