विद्युतीय गाडीमा बढाइएको कर फिर्ता लिन नाडाको माग (भिडियाे)

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसनले विद्युतीय गाडीमा बढाइएको कर फिर्ता हुनुपर्ने माग गरेको छ । विद्युतीय गाडी भविष्य भएकाले कर बढाउनु उचित नभएको नाडाले बताएको हो । नाडाका अध्यक्ष ध्रुव थापाले सबै देशले विद्युतीय गाडीलाई प्रवर्द्धन गर्दा नेपालमा भने कर बढाएकोमा चिन्ता व्यक्त गरे । सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने बताए पनि कर बढाएको बताए ।

उनले नेपालको विद्युत् खपत बढाउन विद्युतीय गाडी प्रवर्द्धन आवश्यक रहेको बताए । सरकारले बढी डलर बाहिर गएको भन्दै कर बढाएकोमा पेट्रोल डिजेलको हिसाब नगरेको उनको भनाइ थियो । नाडा ईभी समिति संयोजक तथा उपाध्यक्ष राजनबाबु श्रेष्ठले २०३ प्रतिशत कर पुगेको बताए ।

उनले नेपालको सडक अवस्था अनुसार १०० किलोवाट बढीका गाडी विलासी नभएको बताए । अहिले बढाइएको भन्सार र अन्तःशुल्क फिर्ता हुनुपर्ने बताए । सरकारले यही जेठ १५ गते सार्वजनिक गरेको आगामी आवको बजेटमार्फत विद्युतीय गाडीमा कर बढाएको थियो ।

प्रतिक्रिया