नेपाल प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरु उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

डीआईजी सुवेदी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख छन् । यस्तै बिसी १ नम्बर प्रदेश प्रहरी कार्यालय र लोहनी गण्डकी प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा छन् । डीआईजी आचार्य प्रहरी प्रधान कार्यालयस्थित कार्य विभाग, कार्य निर्देशनालयमा कार्यरत छन् भने सिंहले वाग्मती प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेकी छन् ।

प्रतिक्रिया