बजेटमा वनस्पति घ्यू तेल उत्पादक संघको असन्तुष्टि

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आगामी आर्थिक वर्षको बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्बन गरिएको जनाएको छ । नयाँ बजेटले स्वदेशी वनस्पति घ्यू तेल उत्पादक उद्योगहरूलाई गम्भीर र दिर्घकालीन असर पार्ने देखिएको संघको दाबी छ । ।

सरकारले ल्याएको नयाँ बजेटमा केही उद्योगहरूलाई पाम र पामोलिन तेल आयात गर्न ५ प्रतिशत भन्सार महसुल दिएको तर तर कच्चा तेलमा साविकको भन्सार महशुल नै राखिएको संघको भनाइ छ ।

उपभोक्ताहरूलाई प्रत्यक्ष रूपमा राहत दिनका खाने तेलको महशुल दर कम गर्नुको सट्टा केही उद्योगहरूलाई कम महशुल दरमा पाम र पामोलिन तेलको आयात गर्न दिने नीतिले अन्य स्वदेशी उद्योगहरूलाई मर्का परेको संघको भनाइ छ ।

प्रतिक्रिया