जिसस पाँचथरका प्रमुख र उप-प्रमुखलाई स्वागत

पाँचथर । पाँचथरका जिसस प्रमुख रामराज आङदेम्बे र उप प्रमुख यामकुमार आङबोलाई कार्यलयमा स्वागत गरिएको छ । सोमबार (आज) बिहान शुभसाइत मिलाएर कार्यकक्षमा स्वागत गरिएको हो । जिसस पाँचथरमा निर्विरोध निर्वाचित भएका उनीहरुले शनिबार जिल्ला अदालको कार्यकक्षमा सपथ लिएका थिए ।

सो क्रममा प्रमुख रामराज आङदेम्बे, उप–प्रमुख यामकुमार आङबो, सदस्यहरु मणिकुमार थाम्सुहाङ, अमृत राइ, रिना गुरुङ, हिमओति जबेगू, डिलेन्द्र शेर्मा, टेकराज योङयालगायतले सपथ लिएका थिए ।

समितिका प्रमुख, उप प्रमुख कार्य कक्षमा पण्डितले शुभ साइतमा अभिषेक गरेका थिए । सँगै नेपाली कांग्रेसका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले कार्य सफलताको शुभकामना दिए । उक्त समितिका प्रमुख उपप्रमुख लाइ फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले र उप–प्रमुख राधाकृष्ण न्यौपानेलगायत नेता कार्यकर्ताहरु ले खादा र टिकालगाइ स्वागत गरे । उक्त समितिको जिससमा पदभार केही दिन पछि हुने प्रमुख आङदेम्बे र उप प्रमुख आङबोले जनाएका छन् ।

प्रतिक्रिया