सबै शोरुमका शौचालय निःशुल्क उपलब्ध गराउने होन्डाकाे घोषणा

काठमाडौं । होन्डा नेपालले आफ्ना सबै शोरुमहरुमा निःशुल्क शौचालय उपलब्ध गराउने घोषणा गरेको छ । कम्पनीले ‘परिवर्तन सुरु हुन्छ हामीबाट’ भन्दै यस्तो घोषणा गरेको हो । नेपालभर कम्पनीका सयभन्दा बढी शोरुम र डिलर रहेका छन् । ती सबैमा निःशुल्क सार्वजनिक शौचालय हुनेछ ।

काठमाडौंमा मेयर बालेन्द्र शाहले होटल तथा रेष्टुराँमा सार्वजनिक शौचालयको अवधारणा ल्याएपछि व्यावसायिक क्षेत्रबाट उनको एजेन्डालाई समर्थन प्राप्त भइरहेको छ ।

आजैमात्र काठमाडौं महानगरले यस अभियानमा सघाउन चाहने व्यावसायिक संघसंस्थालाई सहभागी हुन सार्वजनिक अपिल समेत गरेको छ ।

प्रतिक्रिया