मगर महिला संघको महाधिवेशन पोखरामा सुरु

पोखरा । नेपाल मगर महिला संघको ७औँ राष्ट्रिय महाधिवेशन पोखरामा सुरु भएको छ । पोखरा सभागृहमा आयोजित कार्यक्रममा देशका ५६ जिल्लाबाट २ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी छन् । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

महाधिवेशन सुरु हुनुअघि पोखरा रंगशालादेखि सांस्कृतिक र्यालीसहित झाँकी निकालिएको थियो । महाधिवेशनअन्तर्गत अहिलेसम्मका आन्दोलनको समीक्षा, आरक्षण बचाउ आन्दोलन, मगरात आन्दोलन, लैङ्गिक हिंसा र समानतालगायत विषयमा छलफल र समीक्षा गरिने अध्यक्ष विनीता आले मगरले जानकारी दिइन् ।

मगर महिला संघले जनसंख्याको आधारमा पूर्ण समानुपातिक महिला प्रतिनिधित्वको लागि सशक्तीकरण र पहिचानको संरक्षणलाई जोड दिएको छ ।

प्रतिक्रिया