मधेश प्रदेशसभा आजबाट

जनकपुरधाम । मधेश प्रदेशसभाको बजेट अधिवेशन बिहीबारबाट सुरु हुने भएको छ । बजेट अधिवेशनमा जेठ २१ गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । मधेश प्रदेश सरकारले शनिबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको जानकारी प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले दिए ।


उनका अनुसार २१ जेठ गते बस्ने वैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । विगतका पुरना लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको उनले बताए । कृषि, स्वास्थ्य, शिक्षा, सिँचाइ तथा पुर्वधार क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको मन्त्री साहले बताए ।

प्रतिक्रिया