लेभ्निङको स्कुटुर योजना

काठमाडौ । लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईको गोजीमा कति छ’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको छ । यस अनुसार कम्पनीले ‘१० हजार ल्याउनुहोस्, लेभ्निङ स्कुटर लानुहोस् ’ भन्ने योजना ल्याएको छ ।

१० हजार रुपैयामा फाइनान्सका साथ उपलब्ध हुने यो स्किम नेपाली दुई पांग्रे सवारी बजारमा नौलो र आकर्षक स्किम हुन सक्ने उस्को दावी छ । यसका लागि फाइनान्स पार्टनरको रुपमा ललितपुरको लगनखेलमा अवस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाले ग्राहकलाई आवश्यक फाइनान्स सुविधा उपलब्ध गराउने बताएको छ । ग्राहकलाई १२, १८ र २४ महिना सम्मका लागि फाइनान्स सुविधा उपलब्ध हुनेछ ।

यो स्किममा सम्मिलित हुनका लागि फाइनान्सले मागेका डकुमेन्ट उपलब्ध गराउनु पर्नेछ । नेपाली बजारमा एलएक्स ०१, एलएक्स ०२, एलएक्स ०४, एलएक्स ०५, एलएक्स ०५–डी, एलएक्स ०६, एलएक्स ०६ म्याक्स, एलएक्स ०८, एलएस ०१ र एम ०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म रहेको छ ।

यी स्कुटरमा विश्व प्रसिद्ध जर्मनको बोस कम्पनीको मोटर र विभिन्न क्षमताका लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । ब्याट्री सिंगल र रिप्लेसेबल ड्युअल गरी दुवै प्रकारका छन । स्कुटरमा विभिन्न तीन राइडिङ मोड छन् भने एन्टी थेफ्ट रिमोट कन्ट्रोल लगायतका विभिन्न फिचर उपलब्ध छ भने २ वर्षको वारेन्टी उपलब्ध छ । इलेक्ट्रिक स्कुटरको सर्भिसिङमा खर्च नहुने र पेट्रोलियम पदार्थ समेत प्रयोग नगर्नु पर्ने भएकाले वार्षिक रुपमा करिब १ लाख रुपैयाँ बचत हुने बताइएको छ ।

प्रतिक्रिया