‘लालसिंह चड्डा’ को ट्रेलर

मुम्बई । बलिउड अभिनेता आमिर खान अभिनीत बहुप्रतिक्षित चलचित्र ‘लालसिंह चड्डा’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता आमिर तथा अभिनेत्री करिना कपुरको प्रमुख भूमिका रहेको यो चलचित्रको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो । अमेरिकी चर्चित चलचित्र ‘फोरेस्ट गम्प’ को आधिकारिक रिमेकको रुपमा आएको यो चलचित्रको कथा सारलाई हिन्दीकरण गर्दै प्रस्तुत गरिएको छ ।

अद्भैत चन्दनले निर्देशन गरेको यो चलचित्रमा एक साधारण मान्छेको संघर्षको कथा प्रस्तुत गरिएको छ । विभिन्न बाहनामा गरिएको व्यवहारलाई कलात्मक रुपमा उधिनिएको यस चलचित्रमा समाजको दृष्टिकोणलाई चित्रण समेत गरिएको छ । कथाको मुख्य पात्र असामान्य भएको भन्दै समाजले टिप्पणी गरिरहेको हुन्छ । समाजको भड्किलो रुवाफ र उसको जीवनका उतारचढावको पक्षलाई चलचित्रले उतारेको छ । अतुल कुल्कर्नीले चलचित्रको पटकथा लेखेका छन् । चलचित्रमा अभिनेता आमिर र अभिनेत्री करिनासँगै मोना सिंह, नागा चैतन्य, नेगर खानको अभिनय छ । अभिनेता शाहरुख खान पनि चलचित्रमा क्यामियो रोलमा देखिएका छन् । चलचित्र अगस्ट ११ मा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया