विद्यालयको छड्के अनुगमनमा दुर्गाथलीका अध्यक्ष र उपाध्यक्ष

बझाङ । बझाङको दुर्गाथली गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले विद्यालयको छड्के अनुगमन गरेका छन् । शुक्रबार दुर्गाथली गाँउपालिका अध्यक्ष दिलबहादुर थापा र उपाध्यक्ष जनकबहादुर दौल्यालले दुर्गाथली गाँउपालिका वडा नँ ३ रकैलमा रहेको नमाउदेउ आधारभुत बिध्यालयको छड्के अनुगमन गरेका हुन् ।

उक्त विद्यालयमा शिक्षकहरु नियमित नआउने, पढाईको गुणस्थर घट्दै गएको भन्ने जनगुनासो आएपछि छड्के अनुगमन गरीएको अध्यक्ष थापाले बताए । थापाले भने, ‘स्थानीयहरुको जनगुनासो अनुसार हामीले विध्यालयको छड्के अनुगमन गर्यौं विद्यालयको अवस्था अलि कमजोर रहेछ । हामीले विद्यालयका प्रधानाध्यापक विद्यालय ब्यावस्थापन समिती सँग आगामी दिनहरुमा विध्यालयलाई कसरी राम्रो बनाउने भन्ने वारेमा छलफल गरेका छौँ ।’

पालिकावाट हुने सहयोग गर्न आफू तयार रहेको पनि उनले बताए । आगामी दिनहरुमा, विदाका दिन वाहेक शिक्षकहरु दैनिक विद्यालय नआए विद्यालयमा अनुपस्थित भएमा कडा भन्दा कडा कारवाहि गर्ने समेत उनले बताए ।

प्रतिक्रिया