स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना, एक महिला घाइते

पोखरा । स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना घाइते भएका छन् । स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते भएकी हुन् ।

उनको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रबक्ता रवीन्द्र खनालले जानकारी दिए । थप उपचारको लागि उनलाई पोखरा ल्याइएको छ । स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा उनी खसेकी हुन् ।

प्रतिक्रिया