हजुरआमाको हत्या गरेको अभियोगमा नाती पक्राउ

उदयपुर । आफ्नै हजुरआमा ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको अभियोगमा कटारी नगरपालिका–७ रिस्कु बस्ने २६ वर्षीय रोहित दनुवारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जग्गा अंशबण्डाको विषयमा विवाद हुँदा आवेगमा रोहितले खुकुरी प्रहार गर्दा मनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्याको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले रोहितलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया