अमेरिकाको विद्यालयमा गोली चल्यो, एक शिक्षकसहित १४ जना विद्यार्थीको मृत्यु

न्युयोर्क । अमेरिकाको टेक्सासस्थित एक विद्यालयमामा गोली चल्दा १४ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ । रब एलिमेन्ट्री विद्यालयमा १८ वर्षीय बन्दुकधारीले हमला गर्दा उनीहरुको मृत्यु भएको राज्यका गभर्नरले जानाकारी दिए ।

पछिल्लो हमला वर्षौँपछि देशको सबैभन्दा डरलाग्दो आक्रमण हो । उक्त विद्यालयमा ७ देखि १० वर्षका बालबालिका अध्ययन गर्छन् । गभर्नर ग्रेग एबोटले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणकारीले भयानक र बुझ्न नसकिने गरी १४ विद्यार्थी र एक शिक्षकको हत्या गरेको छ ।’

उक्र घटनामा आक्रमणकारीको पनि मृत्यु भएको छ । कानून पालना गराउने अधिकारीको कारबाहीमा उनी मारिएको प्रारम्भिक विवरणमा जनाइएको छ ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया