बैतडीमा २९२ उम्मेदवारको जमानत जफत

स्थानीय तह निर्वाचन २०७९

बैतडी । जिल्लाका १७ जना पालिका प्रमुखका उम्मेदवारसहित २९२ जनाको जमानत (धरौटी) जफत भएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १० प्रतिशत पनि मत प्राप्त गर्न नसकेपछि २९२ जना उम्मेदवारहरुको जमानत जफत भएको हो । दशरथचन्द नगरपालिकामा ९२ जनाको धरौटी जफत भएको छ । ४ जना नगर प्रमुखका उम्मेदवार र ३ जना उपप्रमुखकासहित वडा अध्यक्ष र सदस्यको गरी ९२ जनाको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


जिल्लाको पाटन नगरपालिकामा पनि नगर प्रमुखका १ उपप्रमुखका पनि १, वडा अधयक्षका १० र सदस्यका १४ जनागरी २६ जना उम्मेदवारको धरौटी जफत भएको छ । पुर्चाैडी नगरपालिकामा १९ जना उम्मेदवारको धरौटी जफत भएको छ । नगर प्रमुखका उम्मेदवार २ जना, उपप्रमुखमा १ जना वडा अध्यक्षमा ६ जना र १० जना सदस्यका उम्मेदवारगरी १९ जनाको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


मेलौली नगरपालिकामा ३ जना नगर प्रमुखका उम्मेदवारसहित ५६ जनाको धरौटी जफत भएको छ । पञ्चेश्वर गाउँपालिकामा १ जना उपाध्यक्ष र ३ वडा सदस्यको गरी ४ जना उम्मेदवारको धरौटी जफत भएको छ । डिलासैनी गाउँपालिकामा १८ जनाको धरौटी जफत भएको छ । पालिका अध्यक्षका उम्मेदवार २ जना, वडा अध्यक्षका ५ र वडा सदस्यका ११ जनागरी १८ जनाको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


बैतडीको सुर्नया गाउँपालिकमा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष र ९ जना वडा अध्यक्ष तथा वडा सदस्यगरी ११ जनाको धरौटी जफत भएको छ । शिवनाथ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष १÷१ जना, वडा अध्यक्षका पनि २ जना र ११ जना वडा सदस्यका गरी १५ जना उम्मेदवारको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


दोगडाकेदार गाउँपालिकामा २५ जनाको उम्मेदवारको धरौटी जफत भएको छ । अध्यक्षका २ जना, उपाध्यक्षका १ जना, वडा अध्यक्ष ८ जना र १४ जना वडा सदस्यका उम्मेदवारकोगरी २५ जनाको धरौटी जफत भएको हो । जिल्लाको सिगास गाउँपालिकामा पनि अध्यक्षका १ र उपाध्यक्षका पनि १, वडा अध्यक्षमा ७ र वडा सदस्यमा १७ गरी २६ जना उम्मेदवारको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारले कुल खसेको मत मध्ये १० प्रतिसत भन्दा कम मत ल्याएकाहरुको धरौटी जफत हुने प्रावधान रहेको छ । बैतडीमा १ हजार ४०८ उम्मेदवार चुनावी मैदानमा होमिएका थिए ।

प्रतिक्रिया